बेलायत भ्रमण सकेर फर्किए प्रधानसेनापति सिग्देल


२०८३ असोज २८ बुधबार १७:०८ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : प्रधानसेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। आश्विन २८ गते स्वदेश फर्किएका सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरे। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरसहित उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए।

भ्रमणका क्रममा उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको अवलोकन गर्नुका साथै अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गरेका थिए। 

उक्त अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई प्रधान सेनापति सिग्देलले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरी सम्मान गरेका थिए।

नेपाली सेनाले यस उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७