प्रधानसेनापतिले गरे बेलायतस्थित गोर्खा स्मारकमा श्रद्धाञ्जली अर्पण
काठमाडौं : बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति जनरल अशोकराज सिग्देलले लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण गरी गोर्खा सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सिग्देलले लन्डनको ह्वाइटहलस्थित हर्स गार्ड्स एभिन्यूमा रहेको गोर्खा स्मारकमा पुष्पहार अर्पण गरेका हुन्। बेलायती सेनाका चिफ अफ द जनरल स्टाफको निमन्त्रणामा सिग्देल बेलायत भ्रमणमा गएका हुन्।
भ्रमणका क्रममा उनले बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा आपसी हित तथा नेपाल–बेलायत रक्षा सहकार्यका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ।
.gif)

.png)


