डीडीसीबाट नेपाली सेनाले दैनिक १० हजार लिटर दूध किन्ने


२०८३ असोज २१ बुधबार १४:२२ बजे

काठमाडौं : नेपाली सेनाले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को दूध किन्ने भएको छ। नेपाली सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि डीडीसीबाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्नेछ।

सम्झौताअनुसार सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर अर्थात् वार्षिक ३७ लाख ४१ हजार ५०६ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ।

यसैगरी दैनिक ३६५ किलो दही (वार्षिक १ लाख ३३ हजार ५२२ किलो), ३७ किलो पनिर (वार्षिक १३ हजार २४० किलो), २१ किलो होल मिल्क पाउडर (वार्षिक ७ हजार ४४१ किलो) र १५ किलो चिज (वार्षिक ५ हजार २७८ किलो) आपूर्ति गरिनेछ।

खरिद सम्झौतामा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७