एमालेका दुई सांसदलाई ४८ घण्टे स्पष्टीकरण

पाठकको सभापति पद खोसियो


२०८३ असोज २८ बुधबार १७:४५ बजे

धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले सांसद वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

बुधबार बसेको संसदीय दलको बैठकले दुवै सांसदलाई ४८ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिने निर्णय गरेको हो। बैठकमा सहभागी सांसदका अनुसार पाठकलाई प्रदेश सभाको सामाजिक विकास समितिको सभापति पदबाट समेत फिर्ता बोलाउने निर्णय गरिएको छ।

एमालेले मंगलबार बसेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न दुवै सांसदलाई ह्विप जारी गरेको थियो। तर, थापा र पाठक बैठकमा अनुपस्थित भएका थिए।

बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले मंगलबार नै सांसद पदबाट राजीनामा दिएका थिए। यद्यपि, सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा तत्काल स्वीकृत नगरी होल्ड गरेका छन्।

ह्विप उल्लङ्घन र बजेटप्रतिको असन्तुष्टिसँगै एमाले संसदीय दलले दुवै सांसदसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७