बुढीगण्डकी बाढीमा फसेका ३६ जनाको नेपाली सेनाद्वारा उद्धार


२०८३ असोज २५ आइतबार १४:५१ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : उत्तरी गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीमा फसेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

बाढीको उच्च जोखिममा परेका तथा सम्पर्कविहीन भएका क्षेत्रमा हवाई र स्थलमार्गबाट उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

सेनाले जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९ र पायु क्षेत्रबाट १२ जनाको उद्धार गरेको जनाएको छ। यस्तै, यारु क्षेत्रमा फसेका एक शिशु र एक विदेशी नागरिकसहित ९ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ।

बाढी प्रभावित अन्य क्षेत्रमा पनि उद्धार तथा राहतका लागि सेनाको संयुक्त द्रुत उद्धार टोली परिचालन भइरहेको नेपाली सेनाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७