ड्युटीमा रहेका प्रहरीलाई मापसे गरेका चालकले ठोके :  हवल्दारसहित ३ प्रहरी घाइते


२०८३ असोज २२ बिहीबार १५:३५ बजे

कैलाली : धनगढीमा संयुक्त सवारी चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन्।

यसरी घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद तथा सहायक हवलदार राधिका शाही र कमला खत्री रहेका छन्। 

धनगढीस्थित प्रहरी गणमा कार्यरत उनीहरू बुधबार साँझ ट्राफिक प्रहरीसहित नेपाल प्रहरीको टोली पेट्रोल पम्प नजिक संयुक्त सवारी चेकजाँचमा खटिएका थिए। 

सोही क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। 

चौधरीले मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाएका थिए। चेकजाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा उनले प्रहरीलाई ठक्कर दिएका थिए।

घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरी हवलदार साउदलाई आइसियुमा राखेर उपचार भइरहेको छ भने सहायक हवलदार शाही र खत्रीको जनरल वार्डमा उपचार भइरहेको छ। सहायक हवलदार खत्रीको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

थप मद्दतका लागि उनीहरू संयुक्त सवारी चेकजाँचमा खटिएका थिए। मोटरसाइकल चालक चौधरीलाई प्रहरीले बुधबार साँझ नै पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७