चार प्रदेशमा भारी वर्षाको सम्भावना


२०८३ असोज २२ बिहीबार ०७:४३ बजे
फाइल फोटो

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहँदा देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहेको महाशाखाले जनाएको  छ। 

मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

हाल गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भने चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७