त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएका सञ्जय शाह प्राधिकरणका कर्मचारी


२०८३ भदौ १९ शुक्रबार ०९:४० बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सञ्जय शाहको जीवितै उद्धार गरिएको छ।

शुक्रबार बिहान उद्धार गरिएका शाह प्राधिकरणमा चौथो तहका कर्मचारी हुन्। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेको थियो। सोही क्रममा साह पनि आयोजनाको सुरुङ क्षेत्रमा पुगेको हुनसक्ने बताइएको छ।

बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। उद्धार टोलीले शुक्रबार बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि खोजीलाई तीव्र बनाएको थियो।

त्यसपछि साहलाई जीवितै बाहिर निकाल्न सफल भएको हो। सुरुङभित्र अन्य व्यक्ति फसेका छन् कि छैनन् भन्नेबारे भने उद्धार टोलीले खोजी जारी राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७