१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार


२०८३ भदौ १९ शुक्रबार ०९:३३ बजे

काठमाडौं :  रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरुङभित्रबाट थप एक जनालाई जीवितै बाहिर निकालिएको हो । यसअघि एक जनाको जीवितै उद्धार गरिएको थियो । यससँगै सुरुङबाट जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

यसअघि आज बिहान खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका थिए ।

सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको छ । उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७