उद्धार गरिएका सञ्जय साहले भने, ‘सुरुङभित्र सबै सकुशल छन्’
काठमाडौं : माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका सबै व्यक्ति सकुशल रहेको उद्धार गरिएका सञ्जय साहले बताएका छन् ।
केहीबेरअघि मात्रै उद्धारकर्ताले साहसहित कविर महर्जनलाई १० दिनपछि सकुशल उद्धार गरेका थिए । सुरुङबाट बाहिर निकालिएपछि साहले आफूहरूसँगै सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका हुन् ।
सञ्जय साह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन् । उद्धार गरिएका साह र महर्जनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
.gif)

.png)

