त्रिशुली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका दोस्रो व्यक्ति कविर महर्जन


२०८३ भदौ १९ शुक्रबार ०९:५२ बजे

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई शुक्रबार बिहान सकुशल उद्धार गरिएको हो। आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार गरिएका कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्।

यस्तै, सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्। आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला साह पनि सोही प्रयोजनका लागि सुरुङ क्षेत्रमा पुगेको बताइएको छ। 

बाढीपछि सुरुङभित्र फसेका उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। लामो खोजीपछि दुवै जनालाई जीवितै बाहिर निकालिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७