त्रिशूली–३ ‘ए’को सुरुङभित्रबाट आयो मानिस बोलेको आवाज, उद्धार कार्य तीव्र


२०८३ भदौ १९ शुक्रबार ०७:०९ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि नौ दिनदेखि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी खोज तथा उद्धार अभियानका क्रममा शुक्रबार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको दाबी गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी आफूले पाएको बताएका छन्। उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङभित्र प्रवेश गरेर फसेका व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाइरहेको छ।

सुरुङभित्रबाट आवाज सुनिनुलाई उनले उद्धारका लागि सकारात्मक र आशाजनक संकेतका रूपमा उल्लेख गरेका छन्। न्यौपाने बिहीबार साँझसम्म आयोजनास्थलमै रहेर इन्जिनियरका रूपमा उद्धार तथा खोजी कार्यमा सहभागी थिए। अब सांसदको भूमिकामा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट सवारीसाधनमार्फत काठमाडौं फर्किने तयारीमा रहेको उनले बताएका छन्।

उनले सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारका लागि खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा अन्य उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेका छन्। साथै, सुरुङभित्र रहेका व्यक्तिहरूको सकुशल उद्धारसम्बन्धी सुखद खबर छिट्टै प्राप्त हुने आशा व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७