प्रतिकूल मौसमले रोक्यो उद्धार, चिलिमे टनेलमै रात बितायो सेनाको टोली
काठमाडौं : प्रतिकूल मौसमका कारण रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेलमा उद्धारका लागि खटिएको नेपाली सेनाको १४ सदस्यीय टोली रातभर टनेलभित्रै बस्न बाध्य भएको छ।
गृह मन्त्रालयका अनुसार उद्धार अभियानमा खटिएको टोली मौसम अचानक प्रतिकूल बनेपछि बाहिर निस्कन नसकेको हो। कठिन मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार टोलीले टनेलभित्रै रात बिताउनुपरेको मन्त्रालयले जनाएको छ।
प्रतिकूल अवस्थाबीच पनि टोलीले उद्धार अभियानलाई निरन्तरता दिइरहेको गृह मन्त्रालयको भनाइ छ। मन्त्रालयले विपद्को कठिन परिस्थितिमा सुरक्षाकर्मीहरू अग्रपंक्तिमा रहेर उद्धार तथा खोजीमा खटिइरहेको भन्दै नेपाली सेनाका उद्धारकर्मीको साहस, समर्पण र सेवाप्रति उच्च सम्मान व्यक्त गरेको छ।
.gif)

.png)

