त्रिशूली–३ ‘ए’मा उद्धारको आशा : सुरुङभित्रबाट आयो एकभन्दा बढीको आवाज


२०८३ भदौ १९ शुक्रबार ०७:२२ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकभन्दा बढी व्यक्ति जीवित रहेको संकेत प्राप्त भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्यौपानेले उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनेको पुष्टि गरेका हुन्। उनका अनुसार उद्धार कार्य जारी रहेकै अवस्थामा सुरुङभित्रबाट आएको आवाजपछि उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेको थियो। त्यसको जवाफसमेत सुरुङभित्रबाट आएको उनले बताएका छन्।

सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा महत्त्वपूर्ण र आशाजनक संकेत मानिएको छ। नेपाली सेना, सशस्त्र प्रहरीलगायतको उद्धार टोली अहिले सुरुङभित्र फसेकाहरूलाई बाहिर निकाल्ने प्रयासमा जुटिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७