बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार


२०८३ भदौ १९ शुक्रबार ०९:१८ बजे

काठमाडौं : रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।

खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार सुरुङभित्रबाट एक जनालाई सकुशल बाहिर निकालिएको हो। यसअघि शुक्रबार बिहान सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी गर्ने क्रममा मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियो। नेपाली सेनाका इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएका थिए।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने भएकाले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७