सुनसरी–१ मा हर्क साम्पाङको अग्रता बढ्यो


२०८२ फाल्गुण २३ शनिबार ०५:४७ बजे

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क राज राईले अग्रता कायम राखेका छन्  । 

पछिल्लो मतपरिणाम अनुसार माटो चुनाव चिन्हबाट उम्मेदवार रहेका राईले चार हजार ८३६ मत प्राप्त गरेका छन्  । 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले तीन हजार ४२६ मत प्राप्त गरेकी छन् । यससँगै राईले तामाङलाई एक हजार ४१० मतान्तरले पछि पार्दै अग्रता बढाएका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले एक हजार ८५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ७२८ तथा नेकपा (एमाले)का टिकाराम लिम्बुले ५९१ मत पाएका छन् ।

सुनसरी–१ मा मतगणना अझै जारी रहेको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७