समानुपातिक मतगणना सकिएपछि सिट बाँडफाँट प्रक्रिया सुरू
काठमाडौं : समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले यसका बारेमा जानकारी दिए।
समानुपातिकमा प्राप्त मत अनुसार, रास्वपाले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ र यस आधारमा ५७ सिट थप्ने निश्चित भएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो ।
नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४९ हजार ५८३ मत पाएको छ र यसअनुसार कांग्रेसले २० सिट थप्ने सम्भावना देखिन्छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।
नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ र यसअनुसार १६ सिट थप्ने संभावना रहेको छ। एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो।
नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकबाट ८ लाख ९ हजार ७१ मत पाएको छ र ९ सिट थप्ने सम्भावना छ। यस पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको थियो ।
श्रम संस्कृति पार्टीले चार महिना अघि तीन सिट जिते पनि समानुपातिकबाट थप ४ सिट पाउने संभावना रहेको छ। यसले ३ लाख ८५ हजार ६ सय ८२ मत प्राप्त गरेको छ।
राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ र ४ सिट प्राप्त गर्ने संभावना रहेको छ। राप्रपाले प्रत्यक्षतर्फ एक सिट जितेको थियो।
निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार अब सिट बाँडफाँटको प्रक्रिया अघि बढ्नेछ। उनले भने, 'दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुनेछ र त्यसपछि तीन दिन भित्र सिफारिस गर्न पत्र लेखिनेछ।'
तत्पश्चात, निर्वाचन आयोगले पुनः दलको सिफारिसको मूल्याङ्कन गरी ११० जना सांसदलाई निर्वाचित प्रमाणपत्र दिने प्रक्रिया सुरु गर्नेछ।
.gif)

.png)

