रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो, मतगणनापछि पदाधिकारी चयन हुने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान कार्य बिहीबार सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो।
आयोगले मतदानका लागि मध्याह्न १२ बजेसम्मको समय तोकेको भए पनि साढे १२ बजे मात्रै प्रक्रिया सकिएको हो। गए राति १२ बजेदेखि सुरु भएको मतदानमा देशभरबाट आएका ४ हजारभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। यसैले बिहीबार भएको मतदान केन्द्रीय सदस्यहरू चयनका लागि मात्र केन्द्रित रहेको थियो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अब केन्द्रीय सदस्यको मतगणना प्रक्रिया सुरु हुने जानकारी दिए। उनका अनुसार केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम आएपछि मात्र पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ। रास्वपामा नवनिर्वाचित केन्द्रीय सदस्यहरूबाटै पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ।
.gif)

.png)

