सुदन किरातीको अपिल: विभाजन होइन सामाजिक सद्भाव र एकताको बाटो अवलम्बन गरौं

‘उत्तेजना होइन संयमता, द्वन्द्व होइन संवाद, घृणा होइन सहिष्णुता र विभाजन होइन सामाजिक सद्भाव तथा एकताको बाटो अवलम्बन गरौँ’


२०८३ श्रावण १२ मंगलबार १०:१९ बजे

काठमाडौं : पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरी देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यस्ता दुष्प्रयास सफल नहुने बताएका छन्।  ‘जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व  सिर्जना गरेर  देशलाई अशान्तितर्फ धकेल्न खोज्ने प्रयास भइरहेका छन् । तर, ती प्रयासहरू सफल हुने छैनन्’  किरातीले भनेका छन् ।

सुनसरी घटनाको सन्दर्भमा मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली समाजलाई सामाजिक सद्भाव, सहिष्णुता र एकताको बाटो अवलम्बन गर्न अपिल गरेका हुन्। किरातीले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाले सबैलाई गम्भीर र संवेदनशील बनाएको उल्लेख गर्दै समाजलाई उत्तेजना होइन संयमता, द्वन्द्व होइन संवाद र घृणा होइन सहिष्णुताको मार्ग रोज्न आग्रह गरेका छन्।

‘जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरेर देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहेका छन्। तर ती प्रयासहरू सफल हुने छैनन्,’ उनले लेखेका छन्, ‘उत्तेजना होइन संयमता, द्वन्द्व होइन संवाद, घृणा होइन सहिष्णुता र विभाजन होइन सामाजिक सद्भाव तथा एकताको बाटो अवलम्बन गरौँ। हामी विश्वस्त छौँ, अन्ततः नेपाली समाजले यही बाटो रोज्नेछ।’

किरातीले दंगा नियन्त्रणका क्रममा लापरबाहीपूर्वक गोली प्रहार गरी नागरिकको ज्यान लिने राज्यको प्रवृत्तिप्रति गम्भीर आपत्ति पनि जनाएका छन्। यस्ता घटना पुनः नदोहोरिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न र आवश्यक सतर्कता अपनाउन उनले नेपाल सरकारसँग माग गरेका छन्। भनेका छन्, ‘ दंगा नियन्त्रणको नाममा लापरवाहीपूर्ण रूपले गोली प्रहार गरी नागरिकको ज्यान लिने राज्यको प्रवृत्तिप्रति गम्भीर  आपत्ति जनाउँदछु । यस्ता घटना पुनःदोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था र आवश्यक सतर्कता अपनाउन नेपाल सरकारसँग माग गर्दछु ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७