इलाममा मतगणना अन्तिम चरणमा, प्रतिस्पर्धा झन् रोचक


२०८२ फाल्गुण २५ सोमबार १५:२२ बजे

काठमाडौँ : इलाममा जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणना सकिन लाग्दा प्रतिस्पर्धा पनि झन् रोचक बन्दै गएको छ।

पछिल्लोपटक सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका निश्कल राई अगाडि रहेका छन्। उनलाई हालसम्म १३ हजार ३६१ मत प्राप्त भएको छ।

श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू १३ हजार २८६ मतसहित उनलाई पछ्याइरहेका छन्। दुवै उम्मेदवारबीचको मतान्तर ७५ रहेको छ।

नेकपा एमालेका काजीमान कागते ११ हजार ५६१ मतसहित तेस्रो स्थानमा रहेका छन्। रास्वपाका विमल गदालले ८ हजार ८ सय १७ मत पाएका छन् ।

यहाँ खसेको ६३ हजार ९९५ मतमध्ये  बजेसम्म ६१ हजार १६१ मत गणना भइसकेको छ। अब २ हजार ८३४ मत गणना गर्न बाँकी रहेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७