रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा–१ मा विवाद, मतगणना सुरु हुन सकेन


२०८२ फाल्गुण २२ शुक्रबार ०९:०७ बजे

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि धनुषा क्षेत्र नम्बर १ मा मतगणना सुरु हुने-नहुने विषयमा अन्योलता कायम भएको छ।

रास्वपामा खसेको मतलाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन आयोगको निर्देशन पर्खिने निर्णय गरिएको छ । साहको उम्मेदवारी गत फागुन १८ गते निर्वाचन आयोगले खारेज गरेको थियो। त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

धनुषा–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार उम्मेदवारी खारेज भए पनि चुनाव चिन्ह भने कायम रहेको छ। चिन्ह कायम रहेको अवस्थामा खसेको मतको के हुने भन्ने विषयमा अन्योल रहेको उनले बताए । 

बरालले उक्त विषयबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको जनाउँदै आयोगबाट पत्राचारमार्फत निर्देशन आएपछि सोही अनुसार प्रक्रिया अगाडि बढाइने जानकारी दिए‍ । यसै कारण धनुषा क्षेत्र नम्बर १ मा हालसम्म मतगणना सुरु हुन सकेको छैन । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७