लेखा अधिकृत भट्टराई २१ हजार घुससहित पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौँ तह) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचनाका आधारमा टोली परिचालन गरिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
.gif)

.png)

