मन्त्री कुलमानले गरे बिपी राजमार्गको निरीक्षण


२०८२ असोज १६ बिहीबार १९:१९ बजे
सडक निरीक्षणको फाइल फोटो

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्य पहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण गरेका छन् । 

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ दसैँ बिदाको अवसरमा सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशनमा निस्किएका हुन्  । 

उनले बिहीबार काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने  महत्त्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अवस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका हुन् । 

सङ्घीय राजधानी काठमाडौँबाट बिपी राजमार्ग हुँदै गृह जिल्ला रामेछाप पुगेका मन्त्री घिसिङले बिपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्य पहाडी लोक मार्गको कार्य प्रगतिका वारेमा जानकारी लिएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७