जीवित देवी कुमारीद्वारा सर्वसाधारणलाई टीका


२०८२ असोज १६ बिहीबार १६:२३ बजे

काठमाडौँ : जीवित देवी कुमारी आर्यताराले विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएकी छन् ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि उनले  बसन्तपुरस्थित कुमारी घरमा सर्वसाधारणलाई टीका दिन सुरु गरेकी हुन्। कुमारीको हातबाट टीका ग्रहण गर्न सर्वसाधारणको लामो लाइन लागेको थियो।

महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइएको कुमारीलाई विशेष शक्ति प्राप्त भएको विश्वास गरिन्छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७