विदेशी दलालहरूलाई प्रतिरोध गर्दा सरकारको सातो गयो : महेश बस्नेत

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई गिरफ्तार गर्ने तयारी सरकारले मिडिया ट्रायलमार्फत गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।
बस्नेतले दाबी गरेका छन् कि राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउँदा सत्ताधारीहरू आतंकित भएका छन् । उनले लेखेका छन्, 'विदेशी दलालहरूलाई प्रतिरोध गर्दा दानवीय प्रवृत्तिहरू र सरकारको सातो पुत्लो गइसकेको देखिन्छ।'
उनले जेनजी आन्दोलनको नाममा बनेको सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाएको आरोप लगाउँदै, एमाले त्यसको डटेर सामना गर्न तयार रहेको बताएका छन् । साथै, एमाले अध्यक्षको विभिन्न कार्यक्रम व्यवस्थापनमा आफूले खेलेको भूमिकालाई लिएर सरकार आफूलाई ह्यारेसमेन्ट गर्न खोजिरहेको उनको भनाइ छ।
“यो मेरो दायित्व हो, कसैले गरेर मलाई रोक्न सक्दैन,” बस्नेतले उल्लेख गरेका छन्।