आज पनि यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार,
आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेशलगायत देशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशलगायत देशका पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ।
२४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।