टीका छाडेर सहानुभूतितर्फ प्रधानमन्त्री : आन्दोलनका शहीद परिवारलाई भेट्दै


२०८२ असोज १६ बिहीबार १३:३९ बजे

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा जेनजी आन्दोलनका तीन शहीद परिवारलाई भेट्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो पौने ३ देखि ३ बजेसम्म मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्न प्रधानमन्त्री कार्की वनस्थली पुग्नेछिन् । बागलुङ घर भएका श्रेष्ठ परिवार हाल काठमाडौँको वनस्थलीमा बसोबास गर्दै आएका छन् । 

त्यसपछि उनले नागार्जुन–३ मा कान्छी नगरकोटीको परिवारलाई १५ मिनेट भेट्नेछिन् । अन्त्यमा कीर्तिपुरको मैत्रीनगर पुगेर मृतक बुद्धिबहादुर तामाङको परिवारसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मारिएका नागरिकको सम्झनामा यस वर्ष दसैँको टीका नलगाउने घोषणा गरिसकेकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७