जेनजी आन्दोलनबाट मधेशमा साढे सात करोडको क्षति

जनकपुरधाम : जेनजीको आन्दोलनमा मधेश प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।
क्षतिग्रस्त कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।