नेपाल मलेसियासँग ३ रनले पराजित


२०८२ असोज १६ बिहीबार १४:४३ बजे

काठमाडौँ : मलेसियामा जारी नेपाल र मलेसियाको महिला टोलीबीच पाँच खेलको टी-२०आई सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । 

मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेपालले पूरा ओभर खेल्दै १०१ रनमात्र बनाउन सक्यो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० रन बनाइन। सम्झना खड्का १६ कविता जोशी १३ र इन्दु वर्माले १२ रन बनाउदा अन्यले दोहोरो रन बनाउन सकेनन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् । ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७