मन्त्री पुनले गरे अफवाहको खण्डन : न निजी आम्दानी, न तलबभत्ता


२०८२ असोज १६ बिहीबार १४:०१ बजे

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्ना छोरीलाई विदेशमा करोडौँ खर्चेर पढाएको भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै खण्डन गरेका छन् ।

बिहीबार फेसबुकमा एक लामो पोस्टमार्फत उनले आफ्नो आर्थिक अवस्था र व्यक्तिगत जीवनयापनबारे खुलासा गरेका हुन् । मन्त्री पुनले ३२ वर्षअघि अमेरिका फर्किएपछि आजसम्म कुनै व्यक्तिगत आम्दानी गर्ने काममा संलग्न नरहेको बताएका छन् ।

'म, मेरी श्रीमती र छोरीहरूको खर्च मेरा साथीभाइ, शुभचिन्तक र सहयोगीहरूले नै बेहोर्छन्,' उनले लेखेका छन् । आफू मन्त्री भए पनि तलबभत्ता नलिने र जहाँ गए पनि यात्रा खर्च आफैँ तिर्ने गरेको पनि उनले बताएका छन् ।

उनले आफूले सञ्चालन गरिरहेका सामाजिक कार्यहरू, जस्तै: २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्‍याउने, ७ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रतिभाहरूलाई निःशुल्क हुर्काउने, कोरोना महामारीमा स्वास्थ्य सामग्री वितरण र ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुर्नसञ्चालन गर्ने कामहरूमा आम जनताबाट प्राप्त दानकै भर परेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, '२०० भन्दा बढी गाउँमा इन्टरनेट, ७ वर्षदेखि आविष्कार केन्द्र, कोरोनामा स्वास्थ्य सामग्री वितरण र वीरगञ्जको बन्द कृषि औजार कारखाना पुनः सञ्चालन् - यी सबै दानकै भरमा सम्भव भएका कामहरू हुन् ।' 

साथै उनले रिसाएको इमोजीसहितको स्टाटस लेख्दै 'बातकर्ताहरू' लाई वास्तविकता बुझ्न आफ्नो आत्मकथा पढ्न सुझाव दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७