जसपाबाट फेरि मन्त्री बन्दै प्रदीप यादव र नवलकिशोर साह सुडी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट उपमहासचिव प्रदीप यादव र नवलकिशोर साह सुडी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन् । जसपाले यादवलाई खानेपानी र सुडीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी सरकारमा पठाउन लागेको हो ।
यादव यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य र सुडी वनमन्त्री थिए । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाट यादव सरकारमा सहभागी भएका थिए । सुडी भने त्यसअघि नै वन तथा वातावरणमन्त्री रहेका थिए ।