चार शर्तमा संस्थानका कर्मचारीलाई तलबभत्ता

बढेको तलबमान कार्यान्वयनमा चार सर्त, अर्थको स्वीकृतिबिना सुविधा बढाउन नपाइने


२०८३ भदौ ४ बिहीबार ०७:३४ बजे

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड तथा प्रोत्साहनभत्ता विभिन्न सर्त पूरा गरेपछि मात्र उपलब्ध गराउन निर्देशन दिएको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई चारवटा सर्त पूरा गरी बढेको तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी कायम भएको तलबमानअनुसार तह तथा पदअनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ। प्रोत्साहनभत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहनभत्ताभन्दा कम हुने अवस्था आएमा कम भएको रकम बराबरको भत्ता मात्र उपलब्ध गराउन निर्देशन दिइएको छ।

त्यस्तै, कार्यसम्पादन सूचकका आधारमा दिइने प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान आग्रह गरिएको छ। हाल खाइपाइ आएको ग्रेडभन्दा निजामती सेवातर्फ लागू भएको नयाँ ग्रेडदर कम भएमा मात्र सोही बराबर हुने गरी नयाँ ग्रेड निर्धारण गर्न पनि भनिएको छ।

अर्थ मन्त्रालयले आफ्नो सहमतिबिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न समेत निर्देशन दिएको छ। साथै, यसअघि भएका परिपत्रलाई समेत ध्यानमा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७