जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश
काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेस मा प्रवेश गरेका छन् । शनिबार जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेताहरू मनिष मिश्र र केदारसिंह ठटौलाहित कांग्रेसमा समाहित भएका हुन् ।
सर्लाहीमा चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही–४ का उम्मेदवार गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरेका छन् । थापाको अभियानका क्रममा सर्लाहीका विभिन्न नेताहरू पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम लगातार बढिरहेको छ ।
.gif)

.png)

