रास्वपाका दर्जनौँ नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश


२०८२ माघ १७ शनिबार १६:०९ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता-कार्यकर्ता पार्टी छोडेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरूलाई माला र टीका लगाएर स्वागत गरेका छन्।

तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका खंग केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी स्थानीय तहमा सक्रिय थिए। खंगसहित कार्यकर्ता तथा समर्थकहरूको प्रवेशसँगै सो क्षेत्रमा पार्टीको सङ्गठन अझ बलियो बनेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन्।

पार्टी प्रवेशपछि बोल्दै खंगले मधेश र मधेशी जनताको हक अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको दल भएकाले आफू जसपा नेपालमा आबद्ध भएको बताए । साथै, सप्तरी जिल्लाको विकास र समृद्धिका लागि अध्यक्ष उपेन्द्र यादवलाई आ-आफ्नो स्थानबाट भारी मत दिएर सहयोग गर्न आमजनतासमक्ष आग्रह गरेका छन् । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७