नाडामा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्ट पनि आयो

टियागो र पन्च ईभीमा पनि एक–एक लाख छुट


२०८३ भदौ ९ मंगलबार १९:५३ बजे

काठमाडौं :  नेपाली बजारमा टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी सार्वजनिक गर्दै यसको प्रि-बुकिङसमेत खुला गरेको हो।

कम्पनीका अनुसार सिएरा ईभीको डेलिभरी आगामी दसैँदेखि सुरु हुनेछ। नेपालमा विद्युतीय सवारीसाधनको बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको टाटाले सिएरा ईभीमार्फत प्रिमियम एसयूभी सेग्मेन्टमा प्रवेश थप मजबुत बनाउने अपेक्षा गरेको छ।

सिप्रदीले हाल नेपाली बजारमा टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नयाँ टियागो ईभी र पन्च ईभीप्रति नेपाली ग्राहकले देखाएको विश्वासले कम्पनी उत्साहित भएको बताए।

उनले सिएरा ईभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ विकल्प थपिने दाबी गरे। उनका अनुसार आकर्षक डिजाइन, फराकिलो इन्टेरियर, अत्याधुनिक प्रविधि र २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहितको सिएरा ईभीले नेपालको विद्युतीय सवारी रूपान्तरणमा थप योगदान पुर्‍याउनेछ।

नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शोमा सिप्रदीले लोकप्रिय नेक्सन ईभीको नयाँ भेरियन्ट ‘नेक्सन ईभी रिलोड’ समेत सार्वजनिक गरेको छ। कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। तर नाडा अटो शोको विशेष अफरअन्तर्गत ग्राहकले ४२ लाख ४९ हजार रुपैयाँ मा नेक्सन ईभी रिलोड खरिद गर्न सक्नेछन्।

टियागो र पन्च ईभीमा पनि एक–एक लाख छुट

कम्पनीले हालै सार्वजनिक गरेका टियागो ईभी र पन्च ईभी फेसलिफ्टमा पनि नाडा अटो शोको अवसरमा एक–एक लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। अफरअन्तर्गत पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँ र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

यससँगै नाडा अटो शोमा टाटाले नयाँ सिएरा ईभीको प्रि-बुकिङसँगै नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक र आफ्ना लोकप्रिय विद्युतीय मोडलमा विशेष छुट घोषणा गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७