बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत


२०८३ भदौ ९ मंगलबार २०:१२ बजे

काठमाडौं :  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन्। मंगलबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेसँगै उनले बहुमत प्राप्त गरेका हुन्। मतदानमा ५८ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। प्रस्तावको विपक्षमा भने एक मत परेको छ।

बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।

नेपाली कांग्रेसले भने प्रदेशसभा बैठक बहिष्कार गरेको थियो। नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बागमतीमा थापा नेतृत्वको सरकार बनेको हो। राप्रपाभित्रको आन्तरिक विवादकै बीच नयाँ सरकार गठन भएको थियो।

सरकार गठनका क्रममा राप्रपाले आफ्नै संसदीय दलका नेता थापासहित चार जना प्रदेशसभा सदस्यलाई कारबाहीसमेत गरेको थियो। यसैबीच मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७