नेकपाका चौधरी र जसपाका उम्मेदवार यादव पक्राउ
वीरगञ्जः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।
गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ ।
त्यसै गरी सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२स्३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
.gif)

.png)

