कर्मचारी प्रशासनमा व्यापक फेरबदलः मन्त्रालयद्वारा ४७ उपसचिवको सरुवा (सूचिसहित)
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा ४७ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रालयस्तरीय निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।
सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ प्रशासनिक क्षेत्रमा ठूलो हेरफेर गरिएको छ। लामो समयदेखि एउटै निकायमा कार्यरत तथा कार्यसम्पादनका आधारमा जिम्मेवारी फेरबदल गर्नुपर्ने अधिकारीहरूलाई प्राथमिकतामा राखेर यो सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
खासगरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, भूमिसुधार तथा नापी कार्यालयका प्रमुखहरू र विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरूमा नयाँ उपसचिवहरूलाई खटाइएको छ। सरुवा भएका अधिकारीहरूलाई यथाशीघ्र आफ्नो नयाँ कार्यक्षेत्रमा खटिएर कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।
जयअनुसार टंकराज गौतमलाई दुल्लु नगरपालिका दैलेख, इश्वरी प्रसाद शर्मालाई गृहमन्त्रालय काठमाडौँ वा अन्तर्गत, प्रदीपचन्द्र सुवेदीलाई पुतलीबजार नगरपालिका स्याङ्जा, गंगालाल सुवेदीलाई गृहमन्त्रालय काठमाडौँ वा अन्तर्गत, सुर्य सुब्बालाई कृष्णपुर नगरपालिका कञ्चनपुर, पिताम्बर सारुलाई कटारी नगरपालिका उदयपुर, माधवप्रसाद पोखरेललाई बेनी नगरपालिका म्याग्दी र विश्वराज शर्मालाई राजदेवी नगरपालिका रौतहटमा खटाइएको छ।
यस्तै विनोद रोक्कालाई देवचुली नगरपालिका नवलपरासी पूर्व, भोलाप्रसाद चापागाईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, धर्मराज ढुँगानालाई कृषि, वन तथा पर्यावरण मन्त्रालय, प्रविन दाहाललाई राजविराज नगरपालिका सप्तरी, गोविन्दप्रसाद भण्डारीलाई फिदिम नगरपालिका पाँचथर, हरिकृष्ण बुढाथोकीलाई रामेछाप नगरपालिका रामेछाप, बिकाउकुमार यादवलाई भूमि मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी नियमन प्राधिकरण, अमृत सिग्देललाई भानु नगरपालिका तनहुँ र विजय सुवेदीलाई फलेवास नगरपालिका पर्वतमा सरुवा गरिएको छ।
हेर्नूहोस् पूरा विवरण:
.png)

.png)




.gif)

.png)

