नारायणी पुलमा अड्किएको ‘राइनो क्रुज’ सेनाको टोलीले हटायो


२०८३ असोज १२ सोमबार २२:५४ बजे
तस्बिरः नेपाली सेना

चितवन : अविरल वर्षाका कारण भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीको पुलको पिल्लरमा अड्किएको दुईतले ‘राइनो क्रुज’ डुंगा सुरक्षित रूपमा हटाइएको छ।

आइतबार नारायणी नदीमा पानीको बहाव बढेपछि डुंगा पुलको पिल्लर तथा पुलको सतहमुनि कोल्टिएर अड्किएको थियो। पुलको पिलरमा डुंगा अड्किदा पुलको संरचना तथा नदी आसपास थप जोखिम निम्त्याउन सक्ने अवस्था देखिएपछि उद्धार टोली परिचालन गरिएको थियो।

नयाँ सबुज गण र नं. १ विपद् व्यवस्थापन गणबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा सोमबार डुंगा हटाएको हो।

डुंगा हटाउन क्रेन, एक्साभेटरलगायतका उपकरण प्रयोग गरिएको थियो। उद्धार टोलीले सावधानीपूर्वक डुंगालाई पुलको पिल्लरबाट सुरक्षित दूरीमा सारेको सेनाले जनाएको छ।

पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण नारायणीसहित विभिन्न नदीमा पानीको बहाव बढेको छ। 

बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि नेपाली सेनाले विभिन्न जिल्लामा खोज तथा उद्धार, राहत सामग्री ढुवानी, अवरुद्ध सडक सञ्चालन र जोखिम न्यूनीकरणका काम गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७