चोलेन्द्र प्रकरणमा एसएसपी खड्कालाई बयानका लागि बोलायो आयोगले


२०८३ असोज १२ सोमबार १७:१९ बजे

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।

आयोगले खड्कालाई मंगलबार उपस्थित हुन पत्राचार गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन्। जबरालाई नियन्त्रणमा लिएपछि अनुगमनका लागि टेकु पुगेको आयोगको टोलीलाई भेट्न नदिइएको विषयमा आयोगले खड्कासँग स्पष्टीकरण लिन लागेको हो।

आइतबार आयोगका सदस्यको नेतृत्वमा तीन सदस्यीय टोली जबरालाई भेट्न टेकु पुगेको थियो। तर, प्रहरी कार्यालयको गेटमै करिब ४५ मिनेट रोकिएपछि टोली जबरालाई नभेटी फर्किएको थियो।

घटनापछि आयोगले आफ्नो संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमन गर्न रोक लगाइएको भन्दै आपत्ति जनाएको थियो। आयोगले अवरोध गर्ने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

प्रहरीले भने जबरालाई ‘सुरक्षा थ्रेट’ भएकाले महाराजगञ्जस्थित निवासबाट टेकुस्थित कार्यालयमा ल्याइएको बताएको थियो। जबरा आइतबार नै प्रहरी नियन्त्रणबाट मुक्त भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७