शनिबार २५ जिल्लामा यातायात पूर्ण बन्द


२०८३ असोज ९ शुक्रबार २२:३३ बजे

काठमाडौं : भारी वर्षाका कारण शनिबार २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिने भएको छ। सडक विभागले सूचना जारी गर्दै विभिन्न जिल्लाका सडकमा जोखिम बढेकाले पूर्ण रूपमा सवारी आवागमन रोक्ने जनाएको हो।

विभागका अनुसार हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके र बर्दियालगायत २५ जिल्लामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यस्तै, २७ जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ। राति सवारी आवागमन बन्द हुने जिल्लामा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा र धादिङलगायत छन्। बाँकी २५ जिल्लामा भने उच्च सतर्कता अपनाउन सडक विभागले आग्रह गरेको छ।

भारी वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य जोखिम बढ्न सक्ने भएकाले विभागले यात्रुलाई आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७