बाढीले विस्थापित १४० परिवारलाई १४ लाख रुपैयाँको राहत


२०८३ असोज १२ सोमबार १७:०३ बजे

गैंडाकोट : नारायणी नदीको बाढीबाट प्रभावित गैंडाकोट–२ का १४० परिवारलाई करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।

अस्थायी आश्रयस्थलमा बसिरहेका बाढीपीडित परिवारलाई गैंडाकोट नगरपालिकाको अनुरोधमा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा पहिलो चरणको राहत वितरण गरिएको हो।

प्रत्येक परिवारलाई शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड र झुललगायत अत्यावश्यक सामग्रीको प्याकेज उपलब्ध गराइएको छ। 

असोज ९, १० र ११ गते नारायणीमा आएको बाढीपछि नदी किनारका परिवारलाई महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थलमा राखिएको थियो। सोही स्थानबाट राहत सामग्री वितरण गरिएको हो।

जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले विस्थापित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न पहिलो चरणमा राहत उपलब्ध गराइएको जानकारी दिए। 

संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले विपद्का बेला राहतसँगै बालबालिका, किशोरकिशोरी, गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकको सुरक्षा तथा मनोसामाजिक आवश्यकतामा समेत ध्यान दिनुपर्ने बताए।

उनले विपद्पछि हिंसा, दुर्व्यवहार, बेचबिखन र विभेदको जोखिम बढ्न सक्ने भन्दै राहतसँगै सचेतना र मनोसामाजिक परामर्श पनि आवश्यक रहेको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७