मिसेस नेपाल वर्ल्डको स्पोर्ट्स डेमा डाँफे टोली बन्यो क्रिकेटमा च्याम्पियन
काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गत आयोजित स्पोर्ट्स डेमा ‘डाँफे’ टोली क्रिकेटतर्फ च्याम्पियन बनेको छ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न स्पोर्ट्स डेमा प्रतियोगीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरेर क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘डाँफे’ टोली विजेता बनेको हो।
क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए। स्पोर्ट्स डेमा क्रिकेटसँगै दौड, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी सुट र बास्केटबल गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो।
.jpeg)
दौडमा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो भए। स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ता विजेता बने। फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले प्रथम स्थान हासिल गरिन्।
स्पोर्ट्स डेलाई थप प्रतिस्पर्धात्मक बनाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा सहभागी भएका थिए।
आयोजक रिबन इन्टरटेनमेन्टका अनुसार स्पोर्ट्स डेले प्रतियोगीहरूको खेलकौशलसँगै शारीरिक क्षमता, आत्मविश्वास र टोलीमा काम गर्ने भावना विकास गर्न सहयोग पुर्याउनेछ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गत सौन्दर्य र बौद्धिकतासँगै खेलकुदलगायत विभिन्न क्षेत्रमा सहभागीहरूको क्षमता प्रस्तुत गर्ने उद्देश्यले अतिरिक्त गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ।
.jpeg)
.gif)

.png)


