१ हजार ३५६ जनाको शव फेला, झण्डै ५ हजार सम्पर्कविहीन
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ छन्।
फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि अझै ४ हजार ९९४ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये रसुवाका १ हजार ९६७, नुवाकोटका २ हजार ३४० र विदेशी नागरिक ५८७ जना रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। त्यस्तै, करिब १०० सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
पछिल्लो अपडेटः

.gif)

.png)

