जलविद्युत् आयोजनाका टनेलमा १२१ जना फसेको सेनाको आशंका


२०८३ भदौ २२ सोमबार १७:४० बजे

काठमाडौं : बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा १२१ जना पसेको तथ्यांक रहेको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा सहायक रथी सुवासजङ्ग थापाले टनेलमा पसेकाको खोजी तथा उद्धार कार्य जारी रहेको बताए। सरकारले काम रोक्न निर्देशन नदिएसम्म टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी राखिने उनले बताए।

उनका अनुसार प्रभावित क्षेत्रका ११ जलविद्युत् आयोजनासँग करिब २ हजार २०० जना आबद्ध भए पनि उनीहरू सबै टनेलभित्र पसेका व्यक्ति भने होइनन्। रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले खोजी गरिरहेको थापाले बताए।

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सरकारको निर्देशनअनुसार सम्बन्धित सबै निकायसँग समन्वय गरेर खोज तथा उद्धार भइरहेको जानकारी दिए। बाढीपछि नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता रहेको उनले बताए। यसैबीच, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन्। हेलिकप्टरलाई अहिले खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले केही स्थानमा हवाईमार्फत राहत पुर्‍याउन नसकिएको उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७