पूर्व ब्रिटिस सैनिक क्याप्टेन नारायण प्रसाद राईद्वारा प्रधानमन्त्री राहत कोषमा तीन लाख ४० हजार सहयोग


२०८३ भदौ २२ सोमबार १७:२७ बजे

काठमाडौं । पूर्व ब्रिटिस सैनिक क्याप्टेन नारायण प्रसाद राईले प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा तीन लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन्।

भोजपुर जिल्ला आमचोक गाउँपालिका–३, साम्बाराङ घर भई हाल ललितपुर निवासी क्याप्टेन नारायण प्रसाद राईले देशमा विपद् परेको समयमा पीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम चेकमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

देशलाई समस्या परेको समयमा पूर्व ब्रिटिस सैनिकहरूले पनि आफ्नो तर्फबाट केही योगदान गर्नुपर्छ भन्ने भावनासहित आफूले सहयोग गरेको क्याप्टेन राईले बताए।

उनले विपद्को समयमा पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७