भोटेकोशी बाढीका २४४ शव शिक्षण अस्पतालमा, २४ को पहिचान


२०८३ भदौ २१ आइतबार १३:४५ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको हो।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा. चौधरीले जानकारी दिए। हाल ५९ शव अस्पतालमै रहेको उनले बताए। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि ती शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७