केरुङमा अलपत्र ५७६ नेपालीलाई कोदारी नाकाबाट उद्धार गरियो


२०८३ भदौ २२ सोमबार १८:४२ बजे
तस्बिरः सशस्त्र प्रहरी बल नेपाल

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५७६ नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीपछि स्थलमार्ग अवरुद्ध हुँदा चीनतर्फ रोकिएका उनीहरूलाई भदौ १८ देखि २२ गतेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो। 

सशस्त्र प्रहरी बलका अनुसार भदौ १८ गते ११४, १९ गते १५५, २० गते ९६, २१ गते १०५ र २२ गते १०६ जना गरी कुल ५७६ नेपालीलाई नेपाल ल्याइएको हो। चीन सरकारको सहयोग तथा सशस्त्र प्रहरीको सहजीकरण र समन्वयमा उद्धार गरिएका उनीहरूलाई स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको समन्वयमा सवारीसाधनको व्यवस्था गरी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा उद्धार तथा आवागमन सहजीकरणका लागि बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली परिचालन गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७