मुग्लिङ–काठमाडौं सडक अझै अवरुद्ध, यी सडकखण्डमा भने यातायात सहज


२०८३ भदौ १९ शुक्रबार ०८:०४ बजे
फाइल फोटो

काठमाडौं : बाढीपहिरोका कारण काठमाडौं जोड्ने प्रमुख सडकखण्डमध्ये मुग्लिङ–काठमाडौं सडकमा अवरोध कायमै रहेको छ। प्रहरीले उक्त सडकखण्डमा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

शुक्रबार बिहान ५ बजेसम्मको राजमार्ग अवस्थाअनुसार मुग्लिङ–नारायणगढ सडकखण्डमा अवरोध नरहे पनि जोखिम भने कायम छ। सो सडकखण्डमा सावधानी अपनाएर यात्रा गर्न सकिने प्रहरीले जनाएको छ। त्यस्तै, मुग्लिङ–पोखरा सडकखण्ड पनि सञ्चालनमा छ। डम्पिङका कारण केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहे पनि समग्र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौँडा, धार्के–सीतापाइला तथा आँबुखैरेनी–गोरखा सडकखण्डमा भने कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। यी सडकमा यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ। 

यता, हेटौँडा–काठमाडौं सडकखण्डमा केही समय जाम हुन सक्ने भए पनि सडकमार्फत यात्रा गर्न सकिने अवस्था रहेको प्रहरीले जनाएको छ। यसअघि धादिङको कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७