पूर्वन्यायाधीश प्रधानको निधनमा सर्वोच्च अदालतमा आज शोक बिदा, सबै इजलास बन्द

पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा निधन


२०८३ जेठ ७ बिहीबार ११:११ बजे

काठमाडौँः सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको दुःखद अवसान भएपछि सर्वोच्च अदालतले आजका लागि शोक बिदाको घोषणा गरेको छ। यस बिदाका कारण आज अदालतका कुनै पनि इजलासहरू सञ्चालन हुने छैनन्।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पूर्वन्यायाधीश प्रधानको स्वर्गारोहणप्रति गहिरो दुःख व्यक्त गर्दै उनको सम्मानमा आज बिदा दिने निर्णय भएको बताएका छन्। बिदाका कारण आज नियमित मुद्दा मामिलाको सुनुवाइ र इजलासका सम्पूर्ण कामकारबाही स्थगित गरिएको उनले जानकारी दिएका छन्।

प्रधानको ९७ वर्षको उमेरमा यही जेठ ६ गते बुधबारका दिन निधन भएको थियो। कानुन क्षेत्रमा लामो समय योगदान पुर्‍याएका उनको सम्मानमा न्याय क्षेत्रले आज दुःख मनाइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७